विदेश

भारतमा कोभिडले थलिएको अर्थतन्त्रमा सुधार, अन्तर्राष्ट्रिय मुद्रा कोषले नै गर्यो यस्तो प्रक्षेपण

योहो संवाददाता

काठमाडौँ — कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारी अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा भने आशाका किरण देखिएका छन् । विश्व अर्थतन्त्रमा भारतको भविष्य उज्ज्वल रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेका छन् । लामो समय कोभिड १९ कारण थलिएको विश्व अर्थतन्त्र तंग्रिदो अवस्थामा छ । यसमा छिमकी मुलुक भारत एक कदम अगाडि देखिएको छ । अझै केही देशले पार पाईनसकेको वर्तमान अवस्थामा भारतको अर्थतन्त्रमा भने आशाका किरण देखिएको छ । विश्वका अन्य विकसित देशहरु अझै तत्कालिन समयमको कोभिड माहामारीको असर छल्न बैशाखी खोजिरहेका बेला भारतलाई भने सकारात्म उर्जा प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुसार भारतीय नीति निर्माताहरुले अर्थव्यवस्था उज्ज्वल भविष्य रहेको प्रक्षेपण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले अर्थतन्त्रका हिमायतीहरु थप उत्साहित छन् । मोदीले दुरदर्शिमा रुपमा आउन सक्ने आर्थिक संकटलाई पहिलानै अर्जुन दृष्टी लगाएर सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा कार्यान्वयनको चरणमा पु¥याए । अहिले ती योजनाको परिणाम सफलता तर्फ डोहोरिएको छ । हालै जारी गरिएको देशको आर्थिक तथ्यांकमा सरकारी अनुमानभन्दा बढीले कूल ग्राहस्थ्य उत्पादन जिडिपीको वृद्धि भएको छ ।

सात प्रतिशतले जिडिपी विस्तार हुने सरकारी अनुमान रहेपनि यो बढेर सात दशमलव दुई प्रतिशत पुगेको छ । यो विस्तारले भारत उदयमान अर्थतन्त्र भएको मुलुकको सूचीमा द्रुतगतिमा फड्को मारीरहेको छ । कोभिड–१९ को महामारीपछि भारतको तुलनमा एसियाली प्रतिद्वन्द्वी मुलुक चीनले आफ्नो आर्थिक पुनरुत्थानमा खासै गति लिन सकेको छैन । अमेरिकी वित्तीय सेवा कम्पनी मोर्गन स्टेनलीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एक दशकभन्दा कम समयमा भारतको अर्थतन्त्रमा परिवर्तन आएको छ ।

भारतीय अर्थतन्त्रको सूक्ष्म विश्लेषण गरेको स्टेनलीको प्रतिवेदनले भविष्यमा पनि आर्थिक क्षमतामा उत्कृष्ट हुने प्रक्षेपण गरेको छ । राजस्व सङ्कलन र विवेकपूर्ण खर्च, निर्यात र प्रत्यक्ष विदेशी लगानीमा वृद्धि, अतुलनीय पूर्वाधार, विकासको गतिलाई रोक्न नदिन निरन्तरको निगरानी, नीतिगत हस्तक्षेप, मुद्रास्फीर्ति नियन्त्रणको इमानदार प्रयासलाई भारतले आक्रमक रुपमा अघि बढाएको छ । सन् २०१४ मा नरेन्द्र मोदीले देशको शासन व्यवस्था सम्हालेपछि भारतमा परिवर्तन आएको र अर्थव्यवस्था पनि अबल बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वका प्रतिष्ठित पाँच अर्थतन्त्रमध्ये सबैभन्दा द्रुत गतिमा भारतमा आर्थिक वृद्धि भइरहेको छ । भारतले लगानीकर्ताहरूको लागि अनुकूल वातावरण बनाएको छ । गत वर्ष झण्डै आठ अर्ब अमेरिकी डलर एफडीआई इक्विटी प्रवाहसहित एफडीआईमा ८४ अर्ब ८० करोड डलर पुगेको छ । भारत सरकारले अहिले पूर्वाधार विकासलाई तीव्रता दिन ठूलो प्रयास गरिरहेको छ । एयरवेजदेखि रेलवे र रोडवेजसम्म, द्रुत विस्तार र स्तरवृद्धिले देशको बृहत् आर्थिक लाभांश बढाउन मद्दत पुगेको छ ।