देश

लिखुपिके हाईड्रोले बलमिच्याई गरे प्रतिवाद गर्ने पालिका अध्यक्ष शेर्पाको चेतावनी


काठमाडौँ — लिखुपिके हाईड्रो पावरले नियम संगत प्रक्रिया पुरा नगरी बलमिच्याई गरे खिजिदेम्वा गाउँपालिकाले प्रतिवाद गर्ने चेतावनी दिएको छ । ओखलढुंगाको खिजिदेम्बा र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा निर्माण हुन लागेको हाइड्रोले प्रक्रिया नपु¥याई बलमिच्याई गरे प्रतिवादमा उत्रने खिजिदेम्वा गाउँपालिकाका अध्यक्षगम्बु शेर्पाले चेतावनी दिए । उनले सार्वजनिक सुनुवाई लगायतको कुनै पनि प्रक्रिया नपु¥याई स्थानिय सरकारलाई समेत वेवास्ता गर्दै काम गर्न लागेकाले आफुहरुलाई त्यो मान्ने नहुने जिकीर गरे ।

अध्यक्ष शेर्पाले खिजिदेम्बा गाउँपालिकाले विकास चाहेको तर प्रक्रियागत हुनु पर्ने बताए । प्रक्रिया अनुसार प्रोजेक्ट अघि बढे पालिकाले स्वागत र साथ सहयोग समेत रहने अध्यक्ष शेर्पाको भनाई छ । ३० मेघावाट क्षमताको हाईड्रो प्रोजेक्ट रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३,४ र ५ तथा ओखलढुंगाको खिजिदेम्बा ३,४ र ७ को सिमानामा निर्माण हुन लागेको हो । प्रोजेक्ट निर्माण हुँदा दुवै जिल्लाको ६ वटा वडा वासिहरु प्रभावित हुनेछन । प्रोजेक्टको विषयलाई लिएर खिजिदेम्बाका प्रभावित क्षेत्रका स्थानीयहरुले गाउँपालिका अध्यक्ष शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

स्थानियहरुले १८ बुँदे मागसहित ध्यानाकर्षण पत्र पालिकामा बुझाएकाछन् । जसमा हाईड्रोबाट मुख्य प्रभावित खिजिदेम्बा गाउँपालिकाको वडा नंबर ३,४ र ७ हुनु पर्ने, प्रभावित क्षेत्रका युवाहरुलाई क्षमता अनुसार हाइड्रोले रोजगारको व्यवस्था मिलाउनु पर्ने, ठेकेदार कम्पनीले समुदायसँग सम्झौता गरी सार्वजनिक सुनुवाई गरेर मात्रै आयोजना सञ्चालन गर्नु पर्ने लगायतको माग उल्लेख छ ।

त्यस्तै प्रभावित क्षेत्रमा निःशुल्क विद्युत वितरण, उचित शेयर वितरण र दुवै पालिकाका ६ वटै वडा बासीलाई तत्काल प्रोजेक्ट रिपोर्ट कुल लागत सहितको स्टमेट बुक एक वडालाई एक प्रति उपलब्ध गराई संसोधन समेत गर्न पाउनु पर्ने लगायतको मागहरु समावेश गरिएको छ । निर्माण हुन लागेको हाईड्रोले विद्युत आपुर्तिमा देशलाई ठूलो योगदान पुग्नुका साथै आर्थिक विकास हुने भए पनि ६ वडाका आदिम्काल देखि बसोबास गर्दै आएका समुदायलाई क्षति पुग्ने पत्रमा उल्लेख छ ।

सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको आर्थिक अवस्था कमजोर, शिक्षामा समेत पछि परेकाले आयोजनाको त्यसलाई उचित सम्वोधन गर्नु पर्ने माग छ ।ओखलढुंगा, रामेछाप र सोलुखुम्बु भएर बग्ने लिखु नदिमा आधा दर्जन बढि जलविद्युत आयोजना सञ्चालन भईरहेका छन् । निजी कम्पनीहरुले सञ्चालित आयोजनाहरुले मापदण्ड पालना नगर्दा स्थानियवासी जलचर र त्यस वरीपरीको वातावरणमा समेत असर पर्न थालेको छ ।