Breaking

सुनुवाइ समितिमा उजुरीकर्ताको दवाबपछि तनाव


काठमाडौँ — सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठक जालसाजी रूपमा चलाएको भन्दै आक्रोश पोखेका छन् । बुधबार समितिको बैठकमा छलफलका लागि आमन्त्रित २९ जना उजुरीकर्ताले सुनुवाईको मोडालिटी बनाएर छलफल गरौ भन्दा जालसाजी तरिकाले प्रश्नोत्तर शैलीमा टुङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उजुरीकर्ताले हरिकृष्ण कार्कीलाई पनि संगै छलफलमा राख्न माग गरेको उजुरीकर्ता डिल्लीराज खड्गीले जानकारी दिए । समितिको बैठकमा उजुरीकर्ताले संयुुक्त समितिको नियमावली राजपत्रमा प्रकाशित नगरी बैठक सञ्चालन गरेको भन्दै समितिको बैधतामाथि नै प्रश्न उठेको अधिवक्ता अमृत खरेलले बताए । बैठकमा उजुरीमाथिको विषय छलफलका लागि प्रवेश नै नपाएको बताउँदै खरेलले समितिको नियमावलीको बैधताको प्रश्नमै केन्द्रीत भएको बताए ।

समितिमा ३ जनालाई उजुरी प्रस्तुत गर्न समितिले समय दिएपनि उनीहरूले उजुरी प्रस्तुत नगरी समितिको वैधतामा पटक पटक प्रश्न उठाएका थिए । संघीय संसदको संयुक्त बैठक र संयुुक्त समिति कार्यसंचालन नियमावली २०८० राजपत्रमा प्रकाशित नगरी सोही नियमावलीका आधारमा बैठक संचालन गरेकोले बैठक अबैध रहेको दावी गरेका थिए । जुन नियमावलीमा गत जेठ १४ गते सभामुख देवराज घिमिरेले हस्ताक्षर गरेपनि राजपत्रमा नछापिएकोले बैठक को बैधतामाथि उजुरीकर्ताले प्रश्न उठाएका थिए । उजुरी कर्तालाई बोल्न प्रर्याप्त समय नदिएको, सो नियमावलीलाई बैध बनाएर छलफल अघि बढाउन माग गर्दा समितिले नमानेको भन्दै उजुरीकर्ता आक्रोशित भएका थिए ।