Breaking

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदै


काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिने भएका छन् । नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहेका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत लिन लागेको हो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएको छ । प्रदेशसभा सचिवालयले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएको छ ।