देश

हरिपुर्वा नगरपालिकामा साढे २ महिनादेखि ताला, कर्मचारीको भागाभाग, भत्ता रोकियो


काठमाडौँ — सर्लाहीको हरिपुर्वा नगरपालिकामा लागेको ताला साढे २ महिना हुँदा समेत खुल्न सकेको छैन । यो अवधिमा चारवटा प्रमुख प्रशासकीय अधिकृत भए भने नगरपालिकामा लागेको ताला खुल्न नसक्दा विकास निर्माणदेखि सबै कामहरु रोकिएका छन् । कार्यालय सहयोगी भर्ना, नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने ठाउँ, प्रहरी चौकी निर्माणल गायत विषयमा जनप्रतिनिधि र राजनीतिक दलबीचको विवाद चुलिँदा सर्लाहीको हरिपुर्वा नगरपालिकामा साढे २ महिना देखि ताला लागेको छ ।

आफ्नै जमिनमा नगरपालिकाको प्रशासनिक भवन बनाउनु पर्ने, नगरपालिकाले खरिद गरेकै भवनमा प्रहरी कार्यलय बनाउनु पर्ने लगायत नौ बुँदे माग राजनीतिक दलहरुको छ । उनीहरुले राजनीतिक दलहरूले सर्वदलीय संघर्ष समिति गठन नै गरेर अघि बढ्दा समेत पुरा गर्न नगरपालिकाले चासो नदिए पछि गएको चैत १५ गते देखि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कोठामा तालाबन्दी भएको हो ।