विदेश

रुसमाथी युक्रेनको जवाफी हमला, भयानक लडाई हुन सक्ने


काठमाडौँ — युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको बताएका छन् । लामो समयदेखी युद्धको दलदलमा फस्दै आएको युक्रेनले रुसमाथी जवाफी आक्रमण गर्न थालेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीको भनाई छ ।

युक्रेनको दक्षिण र पूर्वमा द्वन्द्व बढ्दै गएपछि यक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान गरिएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नैं युक्रेनले प्रतिआक्रमण सुरु गरेको बताएका थिए । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको बताएका छन् ।

रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ । आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसको भनाई छ । युक्रेनले भने कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही भिडियो र तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

युुक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको आक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको बताएका छन् । युक्रेनको निप्रो नदिमा बनाइएको एउटा ठूलो बाँध भत्केपछि यी दुई राष्ट्रबीचको विवाद तिब्र रुपमा बढ्दै गएको छ । सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको बडा देश रुस र उसको सानो जननी देश युक्रेनको युद्धले विश्वभरनै असर गरिरहेको छ । युद्ध वास्तवमा रुसी राष्ट्रपतिले भनेजस्तो एक मिलिटरी अपरेसनमा मात्रै पनि सीमित भएन ।

सोचेभन्दा धेरै विनाशकारी बन्यो । यसले युद्धस्थलमा लाखौं नौजवानलाई राष्ट्रवादका नाममा मराउने, खर्बौंखर्ब डलरको पूर्वाधार संरचना नष्ट गर्ने साथै अति अमानवीय अपराध जस्तै निःशस्त्र बालबालिका, वृद्ध तथा महिलाको सामूहिक हत्या, बलात्कार तथा यातनासम्म पु¥यायो । युद्धले विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध ल्यायो ।

विश्वभरि महँगी बढाउनुका साथै देशहरूबीचको ध्रुवीकरणलाई समेत तीव्र बनाउँदा विश्वयुद्धको खतरा पैदा ग¥यो । अहिले युक्रेनको मोर्चामा यो खतरा स्थिरजस्तो देखिएता पनि विश्वव्यापीरूपमा यसले जुन ध्रुवीकरणको संकेत गरेको छ त्यो भयानक हुन सक्ने सम्भावना समेत छ ।