Breaking

खस्कँदो एमालेलाई ७० बर्षेको आश, अधिंकाश अश्त्र काम नलाग्दा लालकिल्लामै चोट ! ब्यूँतिएला नेकपा ?


काठमाडौँ — संसदको दोश्रो ठूलो शक्ति र समानुपातिक मतमा पहिलो एमाले २०८४ मा बहुमत ल्याउने रणनीतिमा छ । तर ग्रासरुट अभियानकै कै वेला उपनिर्वाचनमा खराव नतिजा व्यहोरेका उसका रणनिति भने एकपछि अर्को असफल हुँदै गएको छ । जहाँ पछिल्लो समय उमेर हद हटाउने अश्त्र फालेको एमालेले केहि तरङ ल्याए पनि सत्ताका रुपमा भने प्रदेश १ समेत गुमाउने अवस्था आएको छ । गत निर्वाचनमा राप्रपा सहितका केहि साना दलको साथमा वहुमतको हुंकार गर्दै निर्वाचनमा होमिएको नेकपा एमाले समानुपातिक मतमा पहिलो दल बन्न सफल भयो ।

प्रत्यक्षतर्फ दोश्रो बने पनि उसले समानुपातिक तर्फको नतिजामा पहिलो नम्बरमा आउन सफल भए । समानुपातिक नतिजा देखाँउदै फुटको क्षती न्युनिकरण गरेको अर्थसमेत लगाएको नेकपा एमाले २०८४ सालमा जुन कुनै हालतमा बहुमत ल्याउने हुंकार बोकेर मैदानमा होमिइसकेको छ । चारै तर्फको घेराबन्दी तोडेको र अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटन गैर संबैधानिक थियो भन्ने गलत भएको समेत संसदीय चुनावको प्राप्तमत परिणाामले पुष्टि गरेको एमालेले भन्न छुटाएको छैन ।