Breaking

७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधि रोकिने भन्ने हुँदैनः महासचिव पोखरेल


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत रहेको बताएका छन् । उनले पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको दावी गरेका छन् । आज (सोमबार) पार्टी कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलत रहेको बताएका छन् ।

नेकपा एमालेले हालै पार्टीमा ७० वर्षे उमेरहद हटाएसँगै अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलाएको भन्दै टिप्पणी पनि भएको छ । सोही निर्णयप्रति लक्षित गर्दै नेता पोखरेलले यस्तो धारणा राखेका हुन् । नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए । यस क्रममा उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको पनि बताएका थिए ।