Breaking

शक्तिशाली हुन खोज्दा ‘भुंग्रो’ मा पर्दै ओली (भिडियोसहित)


काठमाडौँ – सामान्यतया कम्युनि राजनीतिक दलहरुमा पार्टीको नेतृत्वकर्ता नै शक्तिशाली हुन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अधिकार सम्पन्न शक्तिमा छन् । तर संघीय सरकार हुँदै प्रदेश सरकारमा समेत विपक्षी कित्तामा पुगेको एमाले पार्टीमा अध्यक्ष ओलीको मनोपरी गतिविधिका कै कारण पनि क्षयीकरण बढ्दो छ ।

शव्द बाणले प्रतिपक्षलाई हायलकायलपारेर आफुनिडर रहेको सावित गर्न खोज्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक क्रेज ओरालो गतिमा छ ।दुईपटक संसद विघटन गर्दाकै बखत दूबै पाईलामा ठेस लागेका ओलीको क्रेज त्यही बाट घट्यो । तथ्यापी उनले चुनावमा राप्रपाको साहारा लिएर राम्रै मत बटुले । शव्दमा हक्की पन देखाउने ओली कार्याकर्तामा विचलन नआओस भन्नका खातिर पनि नरम कुरा गर्दैनन् । राजनीतिको सौदाबाजीमा प्रचण्डलाई जुरुकै बोकेर बालकोटबाट प्रधानमन्त्री दिदा पनि ओली सफल भएनन्। गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सत्ता उल्टाएका ओलीलाई तत्कालिन समयमा आफ्ना नेता कार्यकर्ताले चतुर लिडरको संज्ञा दिए । तथ्यापी त्यो लामो समय टिकेन ।

ओलीको सहयोगमा प्रधामन्त्री भएका प्रचण्डले ओलीको दबावले एैठन भयो भन्दै कांग्रेससँग काध मिलाएपछि यहाँ पनि ओली चुके । अर्थात प्रचण्डले कित्ता फेरेपछि एमालेको सत्ता सपनामा पानी छ्पपीयो । माओवादी एमालेको सत्ता सहकार्य एकाध महिनामा टुट्यो । प्रचण्डले माथ दिदै कांग्रेस सभापति देउवासँग लेपासिन गएपछि रिसले चुर भएका ओली अहिले अधिकांश समयम उनै प्रचण्डको उछितो काडेर समय वेतित गर्छन् ।तर उनका तर्क र तुकमा खासै दम देखिएको छैन ।झट्ट हेर्दा फुर्सदिला जस्ता देखिएका ओली सदनमै घंटौ विताएर प्रचण्डलाई मुर्रा भैसी देखि चन्दन घसेको प्रसङ समेत निकालेर खुईल्याउन लागेका छन् । तर उनको खुईल्याईले प्रचण्डलाई क्षति गरेका छैन । यस अर्थमा पनि ओलीको प्रभावमा क्षयीकरण भएको विश्लेषण गरिएको छ ।

पार्टीका प्रभावशाली नेता भीम रावललाई भित्तामा पुर्याएर माओवादी बाट केही थान नेता ल्याएर भर्पाई गरे पनि ओलीलाई उनिहरुले अन्तोष दिएनन् । नेकपा विभाजन भएपछि प्रचण्ड छोडेर ओली रोजेका टोपबहादुर रायमाझी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाछन् । अर्का उपाध्यक्ष रामबहादुर थापा बादलको नाम पनि बेलाबेलामा जोडिन्छ । माओवादी बाट आएका ल्याईतेलाई काखी च्यापेर भीम रावल जस्ता दिग्गजलाई पाखा लगाउँदा ओलीलाई अहिले आफ्ना निटक मानिएकाहरु न हाम्रा न राम्रा भएकाछन् ।

ओलीले अहिले फेरि अर्को कार्याकाल एमालेको नेतृत्व गर्ने गरी उमेर हदको ढोका खोल्ने तयारी गरेकाछन् ।७० वर्षे हद म्याद हटाएर फेरि उनि पार्टीको बागडोर सम्हाल्न चाहान्छन्। अहिले ओलीका नजिक देखिएकाहरु बा, प्रवतीकै पक्षमा छन् । ओलीको खुलेर विरोध गर्ने भीमरावलाई पाखा लगाईसकेकाले उनका लागि पार्टी भित्र आगामी यात्रा सहज छ । अहिलेको ७० वर्षे बाटो खुलेपछि बामदेब पनि एमालेमा आउन खुट्टा उचालेर बसेकाछन् । भनेको एमालेमा अझै केही समय बुढाखाडाकोखर्चश्व हुने पक्का देखिएको छ । पुस्ता हस्तान्तरण अहिलेनै देखिने छाँट छैन् ।

एमाले सकिए राष्ट्रीयता सकिन्छ भन्दै पार्टी चलाएमान बनाउन मिसन ग्रासरुट चलाएको एमालेले यसलाई पनि सार्थकता तुल्याउन सकेन । ओली अहंकारले सत्ताबाट चिप्लिएको एमाले अहिले कोशि प्रदेशमा पनि अल्पमतामा छ । अन्य प्रदेशबाट भने एमालेले हात धोइ सकेको छ । सांगठनिक धरातल बलियो देखिएपनि ओलीको सिमन भने एकपछि अर्को क्रमश फेलिएर हुँदैछ । एमाले आफु राम्रो गर्ने भन्दै अरुलाई नराम्रो भनेर आफु राम्रो हुन खोज्दा आफुले खनेका खाल्टोमा आफै पर्दैछ । पार्टी र नेतृव्तको लागि यो क्षति हो ।