Breaking

प्रचण्डमाथि मुद्दा लाग्यो, ज्ञानेन्द्रले मागे प्रधानमन्त्रीको राजीनामा (भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । युद्ध अपराधसम्बन्धि मुद्दामा प्रधानमन्त्रीविरुद्धै रिट दर्ता भएपछि संसदमा राजीनामा माग गरिएको छ । जसमा माओवादीले प्रतिवाद गरेको छ ।
संसदमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीज्ञानेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरे । प्रचण्ड प्रधानमन्त्रीको पदमा बस्न उचित नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग शाहीले गरे ।

युद्ध अपराध जस्तो जघन्य बिषयमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता भएपछि शाहीले राजीनामा माग गरेका हुन् ।उनले जेठमा ३० अदालतमा हाजिर हुँदा प्रचण्ड प्रधानमन्त्रीकै हैसियतमा जान्छन् कि पुष्पकमल दाहालको हैसियतमा जान्छन भन्दै प्रश्न पनि उठाए । तर माओवादीका सांसद माधव सापकोटाले तत्कालै यसको प्रतिवाद गरिहाले । विगतदेखि नै शाहीले प्रधानमन्त्री प्रचण्डलाई लखेट्दै आएको भन्दै प्रधानमन्त्रीको हूर्मत लिनु भनेको राष्ट्रको हूर्मत लिनु भएको बताए । र, शाहीको भनाइ रेकर्डबाट हटाउन माग गरे ।

तर सांसदहरुले बोलेका कुराहरुमाथि ध्यानाकृष्ट भएको भन्दै सभामुखले सदनलाई अघि बढाए ।तर रेकर्डबाट हटाउने वा नहटाउने सन्दर्भमा कुनै आदेश गरेनन् । बरु संसदको वातावरण खल्बलीने स्थितिलाई मध्यनजर गर्दै सभामुखले कार्यसुची माओवादी केन्द्रको अध्यक्षसमेत रहेकाप्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आइतबारमात्रै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू बनाएको र शिविरबाट निकालीयुद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुरामविरुद्ध रिट दिएका थिए । तर सर्वाेच्च प्रशासनले यसअघि संक्रमणकालिन न्याय निरुपणको विषय भएको भन्दै दरपीठ गरिदिएको थियो ।

दरपीठविरुद्ध विष्टले फेरि निवेदन दिएपछि शुक्रबार आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दियो ।सोही आदेशका आधारमा प्रचण्ड–बाबुरामविरुद्ध आइतबार अदालतमा दर्ता भएर जेठ ३० मा सुनुवाई हुने मिति तोकिएको छ । जहाँ पीडितले युद्ध अपराधमा दुई नेतालाई कारबाही माग गरेका छन् । आफुलाई अयोग्य भनेर अपमान गर्न नहुने र प्रचण्डलाई प्रधानमन्त्रीको पदीय हैसियतबाट निलम्बन गर्नुपर्ने माग अदालतसमक्ष गरेका छन् ।देशको प्रमुख कार्यकारीविरुद्ध नै रिट दर्ता भएपछिनैतिकताका आधारमा भएपनि राजीनामा दिनुपर्ने मत राप्रपाका सांसद शाहीले गरेका हुन् ।

जबकि प्रचण्ड राप्रपासहितकै मतले प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका हुन् । पुस १० मा बनेको बालकोट गठबन्धनमा एमालेसहित रास्वपा र राप्रपा लगायतका दलहरु सहभागि थिए । पहिलोपटक विश्वासको मत लिँदा शाहीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । तर गणतन्त्रका विरुद्ध संसदमा राप्रपाका सांसदहरु बोल्न थालेपछि प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको थियो ।

संसद्देखि गठबन्धनसम्मै राजावादी भर्सेस गणतन्त्रवादी बनेपछि प्रधानमन्त्रीले राप्रपालाई गठबन्धनबाटै गल्हत्याउने भूमिका खेलेका थिए । अहिले गठबन्धन फेरिएपछि शाहीहरु प्रतिपक्ष बनेका छन् । शाहीले दिने अभिव्यक्तिलाई माओवादीले आफुलाई लखेटेको रुपमा बुझेको छ । तर प्रधानमन्त्री प्रचण्डविरुद्ध यसअघि पनि पाँच हजार मारेको मुद्दा संसदमा दर्ता भएको छ । जुनमुद्दा विचाराधीन रहेकै अवस्थामा अर्काे थपिएको हो ।