Breaking

आज अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


काठमाडौँ – आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो । बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।