Breaking

काँग्रेस फुट्ने डर, काँग्रेसकै कारण चिरा पर्दै गठबन्धन, दलहरुबीच चर्कियो टकराव, प्रचण्ड डराउँदै


काठमाडौँ — सत्ता गठबन्धनभित्र फरक मत सार्वजनिक भइरहेका बेलाप्रमुख घटक नेपाली काँग्रेसभित्र कलह मच्चिएको छ । देउवा एउट ाधारमा बग्दा शेखर कोइरालासहित महामन्त्रीहरु अर्का धारमा छन् । प्रमुख घटक नै विवादमा रुमल्लिँदा प्रधानमन्त्री प्रचण्ड भने दबाबै दबाबमा छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपाएकीकृत समाजवादीको असन्तुष्टिले पिल्सिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सरकार छोड्ने धम्की सहे । सरकारले ल्याएको बजेटलाई लिएर समाजवादीका नेताहरु सरकार छोड्न तयार भएपछि सत्ता गठबन्धन ठिकठाक चलेको छैन भन्ने प्रमाणित हुँदैछ ।

त्यसमा पनि सरकारको मुख्य घटक नेपाली काँग्रेसभित्रको कलहले प्रधानमन्त्री प्रचण्डमाथि संकटको अवस्था बन्दैछ । सरकारका हरेक निर्णयमा प्रधानमन्त्रीसँगै उभिँदै आएका सभापति शेरबहादुर देउवा र इतर समूहमा रहेका नेताहरुको बोली मिलेको छैन । केही दिन अघि मात्रै महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक देखि रेशम चौधरीको आममाफी सम्म सभापति देउवाले एकल निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए ।

जसलाई रोक्न लड्न तयार रहेको सन्देश गगनले पठाए पछि आक्रोशित बनेका देउवाले काम गर्न सुझाव दिएका थिए । अब त्यो विवाद शेखर कोइराला सम्मपुगेर छता छुल्ल बनेको छ । सरकार टिकाउनकै लागि नागरिकता विधेयक पारित गरिएका ेदेखि रेशमचौधरीलाई आममाफी दिएको सम्म शेखरले प्रश्न उठाएका छन् ।