Breaking

देश र जनतालाई धोका नदिँदा मन्त्री पदको सौदाबाजी भइरहेको छ: मन्त्री सुदन किराती


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नराम्रो काम नगर्न निर्देशन दिएको बताएका छन् । शनिबार काठमाडौंको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले नराम्रो काम नगर्न आग्रह गरेको बताए । मलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिनुभएको छ ।

अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ’ उनले भने । देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको भन्दै किरातीले भने, ‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न मेरो अनुरोध छ ।