विदेश

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को तनाव, मुद्दै मुद्दा खेप्दै, अदालत हाजिर हुँदै


काठमाडौँ —अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध गोप्य कागजात चुहावट र दुरुपयोगसम्बन्धी ७ वटा अभियोग, आउँदो मंगलवार संघीय अदालतमा हाजिर हुनुपर्ने । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको अभियोग लगाइएको छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढेको बढ्यै छ ।

अहिले फेरि ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने तयारी भएको छ । ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको आरोपमा अभियोग लगाइएको छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका छन् । फ्लोरिडाको मायामीमा रहेको संघिय अदालतमा आउँदो मंगलवार ट्रम्प हाजिर हुनुपर्नेछ । उनीविरुद्ध गोप्य कागजातसम्बन्धी विभिन्न सात वटा मुद्दा लगाईएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पलाई गत अप्रिलमा फौजदारी मुद्धामा अदालतमा ३६ वटा अपराधको अभियोग लगाइएको थियो । संघिय अदालतले भने ट्रम्पलाई पहिलो पटक बोलाएको हो । पछिल्लो अभियोजनले ट्रम्पको चुनावी अभियानका धक्का पुग्नेछ । यो अभियोगबारे अमेरिकाका सरकारी निकायहरु नै बेखबर थिए । अमेरिकी गुप्तचर सेवा र अमेरिकी मार्शलहरूले आरोपको बारेमा अग्रिम सूचना पाएका थिएनन् ।

पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा घोषणा गरेपछि मात्रै उनीहरुले यस विषयमा जानकारी पाएका हुन् । अमेरिकी गोप्य सेवाले पूर्व राष्ट्रपतिको सुरक्षा हेर्ने गर्दछ भने मार्शलहरूले अदालत र न्यायाधीशहरूको सुरक्षा प्रबन्ध मिलाउँछन् । ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ । अनुसन्धान एजेन्सीहरूले ट्रम्पविरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन् । ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो ।

केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए । आफूविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले थप असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिएन । अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ । म निर्दोष छु ।’ रिपब्लिकन पार्टीका नेता ट्रम्पलाई अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा निकै ठुलो झट्का लाग्ने सम्भावना छ ।