खेलकुद

फ्रेन्ड्स क्लब रेलिगेशन जोनबाट जोगियो


काठमाडौँ — सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब यो संस्करणको शहीद स्मारक एु डिभिजन लिगमा रेलिगेशन जोन मा पर्नबाट जोगिएको छ । आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्सले एपीएफलाई ४–० गोलले हरायो । फ्रेन्ड्सका लागि टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले १/१ गोल गरे । यो जितसँगै रेलिगेशनमा पर्नबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ ।

फ्रेन्ड्स अङ्क तालिकाको ११ औँ स्थानमा छ । एपीएफको पनि ३० अङ्क नै रहे पनि हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि १२ औँ स्थानमा छ । एपीएफलाई रेलिगेशनको डर कायमै छ । भोलि शनिवार लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेलसँग खेल्दैछ । त्यो खेलमा थ्री स्टार विजयी भए रेलिगेशनमा पर्नबाट जोगिनेछ । यदि थ्री स्टारले बराबरी खेले वा हारेमा एपीएफ रेलिगेशनमा पर्नबाट जोगिनेछ । यस्तै आजै च्यासल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले सातदोबाटोलाई १–० गोलले हरायो । यो जितसँगै पुलिसले ४१ अङ्कका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले एफसी खुमलटारलाई २–० गोलले हराएको छ । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १र१ गोल गरे । यो हारसँगै खुलमटार रेलिगेशनमा परेको छ । चर्च ब्वाइज भने यसअघि नै च्याम्पियन भइसकेको छ । १४ टोली सहभागी ुएु डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ुबीु डिभिजनमा घटुवा हुनेछन् ।