Breaking

डोजरको ठक्करबाट पूर्ववडाध्यक्ष क्षेत्रीको ज्यान गयो


काठमाडौँ — स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डोजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।

डोजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएको प्रहरीले जनाएको छ । अहिले उनको शव पोस्टमार्टमका लागि वालिङको गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ । क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष थिए ।