Breaking

नक्कली शरणार्थी मुद्दा : आज टोपबहादुरको प्रतिरक्षामा बहस हुँदै


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसअन्तर्गत आज प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ।
काठमाडौँ जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस जारी छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोगमा टोपबहादुर हाल हिरासतमा छन्।

नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको हो। सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिन बहस गरेपछि बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस भइरहेको हो।

इन्द्रजितका वकिलको जिकिर स् उहाँ देशको गहना हो, कसरी थुन्न मिल्छरु
इजलासमा रमन श्रेष्ठको जिकिर स् जाहेरी नै नलाग्ने मुद्दामा कसैलाई थुनिरहनु जरुरी छैन
नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ भने यीमध्ये १८ जनामात्र पक्राउ परेका छन्। १२ अभियुक्त फरार छन्।

पक्राउ परेका १८ जनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।

नक्कली शरणार्थी प्रकरणका ३० प्रतिवादीविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता छ।

बालकृष्णलाई इजलासका २४ प्रश्न, के दिए जवाफरु ९बयानको पूर्णपाठ०
इजलासमा टोपबहादुरको याचना स् मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ
इजलासमा सचिव पाण्डेको बयान स् प्रहरीले राति निद्रामा दबाब दियो ९पूर्णपाठ०
इन्द्रजितले इजलासमा भने स् केशव दुलाल र सानु भण्डारीसँग कार्यालयमै विवाद भएको सत्य हो