Breaking

आज पाँच विषयमा राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


काठमाडौँ – निर्वाचन आयोगले आज पाँच विषयमा राजनीतिक दलहरूसँग छलफल गर्दै छ।

छलफलका लागि प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बिहान साढे ११ बजे आयोगको कार्यालयमा आउन निमन्त्रणा गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार छलफलका ती पाँच विषय हुन्–
१. निर्वाचन कार्यालयको खारेजी सम्बन्धमा

२. निर्वाचन कानुनको विधेयक सम्बन्धमा

३. स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन सम्बन्धमा

४. विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन सम्बन्धमा


५. दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा।

यही जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएको छ। त्यतिबेलै प्रेस विज्ञप्ति जारी गरी उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको निर्वाचन आयोगले आज यस विषयमा दलहरूसँग छलफल गर्न लागेको हो।