Breaking

भारतलाई बालेनको चुनौती,कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा,गगनथापाको पनि साथ,के गर्ला भारत ?


भारतको संसद भवनमालुम्बिनी र कपिलवस्तु समेटिएको ‘अखण्डभारत’ को नक्शा राखिएपछि नेपालमायसको चर्को विरोध भइरहेको छ । भारतको नयाँ संसद् भवनमा राखिएको उक्तनक्सालाई लिएर बंगलादेशले समेत आपत्तीजनाँउदानेपालमापनिकाउन्टर सुरु भएको छ ।

भारतलाई जवाफदिनकै लागिकाठमाडौं महानगरपालिकाले मेयर बालेनको कार्यकइामा ‘ग्रेटर नेपाल’ को नक्साझुण्ड्याएको छ । भारतको संसद भवनम‘अखण्डभारत’ को नक्साप्रति सरकार मौन बसेको आरोप लाग्दाकाठमाडौ महानरपालिकाकाप्रमुखबालेन्द्र शाहको कार्यकक्षमाभने ग्रेटर नेपालको नक्साझुण्डिएको छ ।पारिवारिक कारणले भारतको बैंगलौरमारहेका उनले उक्तनक्साभारत जानुअघिअघि नै राख्ननिर्देशनदिएकाथिए ।

भारतले आफ्नो संसदमानेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमाआलोचनाभईरहदाँ यो विषयविस्तारै तातिँदै छ । जसलाई प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डले हालैको भारत भ्रमणमाउच्चस्तरीय छलफलको विषयवस्तु नबनाएपछिनेपालमापनि ग्रेटर नेपालको चर्चा चल्नथालेको थियो ।

फलत ः राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद विराजभक्तमहर्जनले समेत सांस्कृतिक रूपमै भएपनिआफ्नो संसदमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताएकाथिए । माओवादीकै सांसद सरल सहयात्रीले समेत सामाजिक सन्जालमार्फत यो प्रस्ताव राख्दाउक्तनक्सको बिरोधमाबागमतीप्रदेशसभाको एकमतद्वारा संकल्प प्रस्ताव नै पारित गरेको छ । जहाँबालेन्द्रले त काउन्टर सुरुवात नै गरेका हुन ।

ईतिहासकारहरुले समेत ऐतिहासिक सामग्रीहरू हेर्दा भारत नामको कुनै राज्यप्राचीन र मध्यकालमा समेत नभएको दावीगर्दा अखण्डभारतलाई नै कथितभन्ने गरेका छन । जहाँभारतवर्ष भन्ने चलनसमेतदुई हजार वर्षअघिमात्रै आएको अवधारणाभएको तथायो समेत राजनीतिकनभएर सांस्कृतिक सीमा क्षेत्रका रूपमाभएको उनीहरुको तर्क छ । त्यस्तै भारतवर्ष अन्तर्गत तिब्बत, चीन, कोरिया जापानमात्रै होइन, थाइल्यान्ड, वर्मा, कम्बोडिया, लाओस, भियतनाम तथा सुमात्राद्वीप समूहपनिपर्छ । ऐतिहासकितर्कका विचभारतको पछिल्लो नक्साको औचित्य र उदेश्यमाथि नै प्रश्नउठिरहेको छ ।

जहाँनेपालको भूभागपूर्वमाटिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको तत्थ्यप्रमाण नै छ भने अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिनगुमाएको थियो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्टइन्डियाकम्पनीबीच सुगौली सन्धीले नेपालको भूभाग मेची–महाकालीमाखुम्च्याइदिदाभारतबाटअंग्रेज फिर्ता भएपछि नेपालले आफ्नो गुमेको भूमी स्वतःफिर्ता पाउनुपर्ने थियो । तर, तत्कालीन समयमा नेपालले बलियो पहलगर्न नसक्दा मेचीदेखि टिस्टा र महाकालीदेखि सतलजसम्मकाभूभागभारतमै स्थायीरूपमागाभिनपुगे ।फलत ः भारतले तीजमिन नेपाललाई फिर्ता गर्नुपर्ने आवाजअहिले पनिउठ्ने गरेको छ ।

जसलेअखण्डभारत भन्दा ग्रेटर नेपालको दावीप्रमाणितहुने आधार समेत प्रष्ट देखिएको भन्दै यसको पक्षमाआवाजबलियो बन्दै गएको हो । यसैको निरन्तरतामाकांग्रेसका महामन्त्रीगगनथापाले नेपालले पनिआफ्नो सांस्कृतिकनक्साजारी गरेर आफ्नो हकखोज्नुपर्ने बताउँछन् । यद्यपीप्रधानमन्त्रीप्रचण्डले पनिआफ्नो भारतभ्रमणमायसलाई गम्भिरतापुर्वक उठाएकोदावी गरेका छन । जहाँभारतीयपक्षले यसलाई राजनीतिक रुपमा हेर्न नहुने बताएको र अध्ययनहुनबाँहि रहेको उनको तर्क थियो ।

यता नेपालकापरराष्ट्रमन्त्रीएनपी साँउदले भनेभारतीय टेलिभिजनलाई नै अन्तरवार्ता दिदै यसबारे जानकारी नभएको प्रतिक्रियादिए । जनस्तरमाव्यापकविरोध हुँदा समेत तालुकमन्त्रालयकै मन्त्रीले यसलाई ठूलो विवादको विषय समेत नरहेको सङ्केत गरेपछि यो विषयअझतातिएको थियो ।

यहिवीचमा सोनक्सालाई आफ्नो भूमि समेटिएको भन्दै बंगलादेशले समेत भारतको जवाफमाग्ने निर्णय गरेपछि यो विषयनेपालमापनिअझ पेचिलो बन्दै गएको छ । जहाँ मेयर बालेन्द्र शाहले भने साहसिककाउन्टर नै दिदै जनमतको पक्षमा रहेको जनाँउदिएकाछन ।