Breaking

आफ्ना सांसदले राँगा, भैँसीको विषयमा बहस गरेकोमा लामिछानेद्वारा क्षमायाचना


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएको हो ।

उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताए । बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमायाचना गर्ने सभापति लामिछानेको भनाइ छ ।

हामी संसद्को मर्यादा राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । संसदमा केही दिनयता भएका बहसलाई लिएर हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदनमा भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मालोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमजोरीलाई आत्मालोचना गर्न चाहन्छौँ ।