Breaking

भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उनले बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए । भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ उनले भने यसमा भारतले कुनै चासो दिँदैन होला । फरक प्रसंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताए ।

सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं उनले भने । सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए । कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाएँ भने पार्टी अप्ठ्यारोमा पर्छ। तर लामो समयदेखि बैठक बसेको छैन। हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ उनले भने ।