Breaking

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन


काठमाडौँ – मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको हो ।

काठमाडौँमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।