Breaking

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै


काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो ।

आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।