Breaking

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


काठमाडोँ– प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दै छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो। सोमबारबाट सुरु बजेटमाथिको छलफलले बिहीबार पनि निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । विपक्षी सांसदहरूले बजेटको आलोचना गर्दै आएका छन् भने सत्तापक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।