देश

‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक, अन्तरजातीय प्रेम कथा र बेरोजगारीले निम्त्याउने समस्या


काठमाडौँ — जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र वेलकम टु हेम्जाकोटको प्रिमियर शो भएको छ । सोसल कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गरेका छन् ।

सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्वःजयनन्द लामाको समेत अभिनय छ । प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताए । उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्ज लिएर चलचित्र हेर्न सकिने बताए ।

त्यस्तै चलचित्र वेलकम टु हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए । उनले फिल्म हेरुन्जेल हासो नरोकिने बताए । क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् ।