Breaking

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दौड सुरु, शक्तिशाली नेताहरुको लर्को


अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दौड सुरु, शक्तिशाली नेताहरुको लर्को

काठमााडौँ — अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीबाट माइक पेन्सले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रपतिका लागि दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गर्न थालेका हुन् । अमेरिकामा राष्ट्रपति पदको लागि दौड शुरू भइसकेको छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीबाट माइक पेन्सले उम्मेदवारी घोषणा गरेका हुन् ।

प्राइमेरीका लागि मनोनयन दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गर्न थालेका छन् । डोनाल्ड ट्रम्पको कार्यकालका उपराष्ट्रपति पेन्सले रिपब्लिकनबाट उम्मेदवार बन्नका लागि पार्टीमा उम्मेदवारी दर्ता गरेका हुन् । ट्रम्पका कट्टर समर्थकका रुपमा रहेका पेन्सको उम्मेदवारी अरु उम्मेदवार भन्दा थप चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ । न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सिनेटर रोन डिस्यान्टी, टिम स्कट, निक्की हेली, विवेक रामास्वामी, ल्यारी एल्डर लगायतले यस अघि नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सन् २०२४ को नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति जो बाइडेन नै उम्मेदवार बन्ने प्रबल संभावना रहेको छ । २०२४ को नोभेम्बरमा हुन लागेको चुनावको नतिजा जे भएपनि सबै देशहरुमा यसको प्रभाव पर्नेछ । अमेरिकाको राष्ट्रीय र अन्तराष्ट्रिय राजनीतिको दिशा आउँदो राष्ट्रपतिमा निर्भर हुन्छ ।

डेमोक्रेटिक पार्टीको नेता उम्मेदवारीकोको लागि पछिल्लो वर्षदेखि नै अभियानमा जुटेका छन् । आउँदो २०२४ को राष्ट्रपतिको कुर्सीको लागि निकै चुनौती देखिन्छ । अमेरिकामा मुख्य रुपमा दुई वटा ठुलो राजनीतिक पार्टिहरु छन्, डेमोक्रेटिक र रिपब्लिकन । डेमोक्रेटिक पार्टी आधुनिक उदारवादको समर्थन गर्छ । यो राज्यमा हस्तक्षेप, सार्वभौमिक स्वास्थ्य देखरेख, सरल शिक्षा, सामाजिक कार्यक्रम, पर्यावरण संरक्षण नीति र श्रमिक संघमा विश्वास राख्छ ।

रिपब्लिकन पार्टीलाई पुरानो पार्टी मानिन्छ । यो एक प्रकारबाट अमेरिकी रुढिवादी विचारलाई समर्थन गर्छ । जस्तै कि सरकारलाई सिमित गर्ने क्षेत्र, कम कर र मुक्त बाजार, पूंजीवाद, हतियार राख्ने अधिकार, श्रमिक संघको अविनियमन बढाउनु र अध्यागमन तथा गर्भपात जस्तो विषयमा प्रतिबन्ध लगाउनु रहेको छ । अन्य साना राजनीतिक पार्टी जस्तै लिब्रेटेरियन, ग्रीन र स्वतन्त्र पार्टी पनि रहेका छन् र यिनिहरुले पनि थुप्रै पटक आफ्नो उम्मेदवारी दिए पनि निर्वाचनमा जित भने अहिलेसम्म हासिल गर्न सकेका छैनन् । जे होस् २०२४ मा हुने अमेरिकाको राष्ट्रपति चुनाव निकै रोचक र प्रतिस्प्रधातमक देखिन्छ ।