काठमाडौँ — नेशनल बाथरोग सेन्टरले १० वर्ष पुरा गरेका छन् । स्वास्थ्य क्षेत्रमा नविनतम काम गर्ने चाहना बोकेर स्थापना गरिएको बाथरोग सेन्टर १० वर्ष पुरा गरी ११ औँ वर्षमाप्रवेश गरेको हो । वार्षिक उत्सवको अवसरमा विज्ञप्ति निकालेर सेन्टरले कुल ग्रसित बाथरोगीहरु मध्ये ६ प्रतिशतलाई सेवा दिन सफल भएको दाबी गरेको छ ।
सेन्टरले अवको ५ वर्षका लागि विभिन्न ६ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको छ । ७ जिल्लामा सेवा विस्तार गर्ने, बाथरोग सम्बन्धी जनचेतना मुलक अभियान सुरु गर्ने, दक्ष जनशक्ति तयार पार्नका लागि नर्सहरुलाई बाथरोग सम्बन्धी नर्सिङ शिक्षा तालिम सुरु गर्ने, दुर्गम भेगमा बाथरोग सम्बन्धी सेवा विस्तार गर्न सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने र नयाँ प्रविधिलाई आत्मसात गर्दै थेर्मो ग्राफी को सेवा सुरु गर्ने सेन्टरको योजना छ ।
प्रतिक्रिया