Breaking

बुद्ध एयरका पाइलट परे कारबाहीमा


काठमाडौँ — बुद्ध एयरका पाइलट कारकाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक पाइलटलाई कारबाही गरेको हो । प्राधिकरणकाअनुसार हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले ती पाइलटलाई कारबाही गरिएको हो ।

जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।