Breaking

विपन्न र लक्षित वर्गलाई निःशुल्क सेवा प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन


काठमाडोँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई सर्कुलर गर्दै विपन्न र लक्षित वर्गलाई १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क सेवा प्रदान गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यसका साथै मन्त्रालयले गरिब तथा असहायको पुष्ट्याइँ गर्न समेत सबै स्थानीय तहलाई पनि पत्राचार गरेको छ । मन्त्रालयले गरेको परिपत्रअनुसार १० प्रतिशत शय्या छुट्याएर निःशुल्क सेवा प्रवाह नगरे जनस्वास्थ्य ऐन, २०७५ अनुसार कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।।