Breaking

नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने छ: अध्यक्ष ओली


काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताउनु भयो । एमालेसहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणिकरण गरिएकोमा आपत्ति जनाउँदै रेशम चौधरी रिहाईको विरोध गरिरहेका छन । यस्तै भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि साट्ने कुरा गरेकाले सदनमा आएर माफी माग्नुपर्ने भन्दै संसद् अवरुद्ध पारेका हुन ।