Breaking

राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव पेश


काठमाडौँ – राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो ।

राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।