Breaking

प्रतिनिधि सभाको बैठक बस्दै, आजदेखि बजेटबारे छलफल सुरू


काठमाडौँ – आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे आजदेखि प्रतिनिधि सभामा छलफल गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले यही जेठ १५ गते संसद्‌मा प्रस्तुत गरेको बजेटमा आजदेखि सांसदहरूको धारणा लिइने भएको हो । त्यसका लागि संसद् भवन ९नयाँ बानेश्वर० मा अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री मीना पाण्डको गत मंगलबार निधन भएको छ ।