काठमाडौँ — कम्युनिष्टहरूको आदर्श एवम् मार्ग दर्शककार्ल माक्र्सहुन् । उनीद्वारा लिखितघोषणा पत्रमा माक्र्सले धर्मलाई मानव स्वास्थ्यमा सबैभन्दा नकरात्मक प्रभाव पार्ने लागू पदार्थ अफिमसँग तुलना गरेका छन् । नेपाली कम्युनिष्टहरू पनि आफूलाई बडो ठूलो माक्र्सवादी कहलाउन रुचाउँछन् । तर, व्यवहार लागू भने प्राय शून्य नै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण टुंग्याएर शनिबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्रीको भ्रमणकै क्रममा नेपाल र भारतबीच महत्वपूर्ण सात सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रचण्डको यो चार दिने भ्रमण अवधिमा विभिन्न पाटोबाट व्याख्या विश्लेषणहरु पनि भई नै रहेको छ । तर, उनले गरेका ती सारा सम्झौतालाई ओझेलमा पार्दै उज्जैइनस्थित महाकालेश्वर मन्दिरमा उनले गरेको पूजाको बढी चर्चा भइरहेको छ । देउता धर्मभन्दा पनि समाज र विचार मान्ने कम्युनिष्टका कट्टर नेताले नै मन्दिर गएर भगवान् पुज्न थालेपछि यसको चर्चा चुलिएको हो ।
प्रतिक्रिया