Breaking

कांग्रेसभित्रको विवादको गाँठो थप कस्सियो, प्रकाशमानले समेत हेप्न थालेपछि देउवाले दिए कडा जवाफ


काठमाडौँ — प्रतिनिधिसभा चुनाव पछि सबै भन्दा ठूलो पार्टी बने लगत्तै थप झाँगिदै गएको कांग्रेस भित्रको विवादको गाँठो थप कस्सिँदै गएको छ । मन्त्रिपरिषद् विस्तार, प्रदेश सरकार निर्माण देखि रेशमचौधरीको रिहाई र नागरिकता विद्येयक प्रमाणिकरणको प्रकरणले कांग्रेसीजनको वाक युद्ध थप चर्किँदै छ । यो विवादको अन्त्य कुन गन्तव्यमा पुगेर होला भन्ने एकिन भन्न नसकिए पनि यसरीनै ह्वारह्वारती बढ्दै गएको अन्तरद्धन्दको डढेलोले कांग्रेसी जन आफैं डढेर सिद्धिने हो कि ? भन्ने प्रश्न समेत उब्जिएको छ ।

कम्युनिष्ट विभाजनको फाईदा लुट्दै यो पटकको संसदीय चुनावमा नेपालीकांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दलबन्न सफलभयो । तर, सरकार निर्माणका क्रममा पार्टीभित्रको आन्तरिक किचलोकै कारणसत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे । अन्र्तकलहकै कारण मुखमै आएको बाली अर्कैले खाने अवस्था बनेपछि कांग्रेस बल्ल बल्ल प्रचण्डलाई आफ्नो क्याम्पमा ल्याउन त सफल भयो, तर, पार्टीभित्रको विवादको जालो झनै झाँगिदै गयो ।