Breaking

एमाले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न सकेनन्ः ओली


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गर्न नसकेको बताएका छन् । उनले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको दावी गरेका हुन् ।

आज (शनिबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको दावी गरे । छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको उनको भनाइ थियो ।

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता, हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन । ह्वाट दे वान्ट रु समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।’

उनले थपे, ‘समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि, यो एउटा खरबपति र अर्को चाहिँ मजदुर उनीहरू दुईवटाको सम्पत्ति मिलाउँदाखेरि एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०(२० अर्ब कमाएको देखियो नि त १ कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि । त्यस कारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।”

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यानकेन्द्रित गर्नुपर्नेमा उनले जोड दिए । अब हामीले भोकमरीको अन्त्य गर्नुछ । गरिबी निवारण गर्नुछ । सबभन्दा फास्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दाखेरि हाम्रो १७(१८ प्रतिशत पपुलेसन अझै पनि गरिबीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेसन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नु नपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ ।

त्यसकारण रूपान्तरणका लागि टेक्नोलोजी । साइन्सलाई प्रविधिमा कसरी रूपान्तरण गर्ने भन्ने हो । उनले भने, ‘त्यसकारण हामी गरिबीबाट मुुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । र, सिंगै पपुलेसनलाई गर्न जरुरी छ । हामी यो साइन्स एन्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौँ रु सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिबी अन्त्य गरौँ । सम्पूर्ण पपुलेसनलाई अगाडि बढाऔँ भनेर ।’ कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने उनले बताएका छन् ।