Breaking

चर्चित अर्जेन्टिनी खेलाडी मेस्सीले पीएसजी छाड्दै, अब अन्तिम पटक शनिबार खेल खेल्ने


काठमाडौँ — विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने भएका छन् । फ्रान्सेली क्लब छाडेसंगै मेसी साउदी अरेबियामा खेल्ने पक्कापक्की भएको छ । विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने भएका छन् । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका हुन् ।

यसैबीच पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेसीसँग आफ्नो अनुबन्ध जुन ३० सम्म कायम रहेको जनाएको छ । तर क्लब प्रशिक्षक क्रिस्टोफ गाल्टियरले भने मेसीले अब अन्तिम पटक शनिबार क्लेमोन्टविरुद्ध फ्रान्सेली लिग वानमा खेल्ने पुष्टि गरेको छ  । सन् २०२१ मा ३५ वर्षीय मेसी बार्सिलोना छाडेर पीएसजी आएका थिए  । मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि प्रशिक्षकले बताएका छन् । मेस्सीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगिताहरूमा २१ गोल र २० असिस्ट गरेका छन् ।

मेस्सीलाई महान खेलडीको रुपमा पनि चिन्न सकिन्छ । सातवटा बालोन डोर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको नाममा छ । कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गरेको थियो । उनले सन् २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आएको थियो । सन् २००४–५ को सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने ।

मेसीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन सो लिग र यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे । आफ्नो खेल जिवनमा सधै सफलता प्राप्त गरेको मेस्सी अर्को सिजनको फुटबल साउदी अरेबियामा खेल्ने हल्ला चलेको छ । उनले साउदी अरेबियाको क्लब अल–हिलालमा सामेल हुने हल्ला चलेको हो ।

यदि मेसीले साउदी क्लबसँग आबद्ध भए साउदी क्लबले उनलाई निकै नै महँगो पारिश्रामिकमा अनुबन्ध गर्ने छ  । तर यसबारे मेस्सीले कत्ति पारिश्रामिक पाउने हो यस विषयमा विस्तृत जानकारी आउन भने बाँकी नै छ  । पछिल्लो समय साउदी अरेबियाले तेल बेचेर कमाएको अपार धन खेलकुदमा लगानी गरिरहेको छ  । यससँगै मेसी र उनका सबैभन्दा ठूला प्रतिस्पर्धी खेलाडी क्रिस्टियानो रोनाल्डोलेवीच प्रतिसप्रधा गर्ने प्रवल सम्भावना छ । मेस्सी जुनै देशको लिगमा गए पनि मेस्सीको प्रसंमसकहरु उत्साहित हुनेछन् ।