Breaking

प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता


काठमाडौँ — भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । भर्खरै उनको वार्ता सुरु भएको हो । करिब एक घण्टा दुई प्रधानमन्त्रीबीच वार्ता हुनेछ ।

दुई नेताबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भइरहेको हो । यसलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ ।

उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन् ।

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए । दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।