Breaking

ओठ, जिब्रो र मुखमा बारम्बार किन घाउँ आउँछ ?


काठमाडौँ – अधिकाशं मानिसको मुख, जिब्रो तथा ओठमा स-साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । कसैको जिब्रो, कसैको ओठ, कसैको गिजा प्राय घाउँ भइरहन्छ । जसले खाना खान, बोल्न समेत समस्या हुन्छ ।

शरीरमा पोषणको कमी हुदाँ, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले मुख, ओठ तथा जिब्रोमा घाउ आउँछ । यस्तै खाद्य विषाक्तता, सुर्ति, पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।

समधानका उपायस्
– प्रशस्त पानी पिउने ।
– बढि चिसो वा तातो नखाने, नपिउने ।
– फलफूल तथा साग सब्जी राम्ररी चपाएर खाने ।
– मनतातो पानीमा पिटकिरी मिसाएर दैनिक ३ पटक कुल्ला गर्ने ।
– चिल्लो पदार्थ बढि नखाने ।
– बिहान–बिहान उम्रको गेडागुडी खाने ।
– घाउ भएको ठाउँमा मह लगाउने ।
– निमको पात चपाउने ।
– बदाम भिजाएर खाने ।
– पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने ।