खेलकुद

नेपाल र मलेसिया भिड्दै


काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी खेल्दै छ ।

नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरू हुनेछ ।

पाँच खेलको सिरिज एक–एकको बराबरीमा छ । पहिलो खेलमा खराब प्रदर्शन गर्दै ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ७ विकेटको जित हात पारेको थियो । आज जित हात पारे नेपालले सिरिजमा दुई–एकको अग्रता बनाउनेछ । नेपालले चौथो खेल शनिबार र पाँचौ टी–२० आइतबार खेल्नेछ ।