विदेश

पहिलो भू–उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास असफल, अमेरिका र दक्षिण कोरियालाई धम्की

योहो संवाददाता

काठमाडौँ — सैन्य गुप्तचर सम्बन्धी पहिलो भू–उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास असफल भएको छ । बुधबार बिहानै गरिएको भू–उपग्रह प्रक्षेपण रकेटको इन्जिन र फ्युल सिस्टममा समस्या आएपछि असफल भएको हो । उक्त रकेट आकाशमा केही माथिसम्म गएपछि विष्फोट भएर समुद्रमा खसेको हो । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया डिपीआरकेको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । सधैं शक्तिशाली राष्ट्रसंग पौंठेजोडी खेल्न चाहाने उत्तर कोरिया अरुको नक्लक र सिको गर्ने बानिले कहिले कहीँ निकै पछुताउने गरेको छ । पछिल्लो समय उत्तर कोरियालाई ठुलै झट्का लागेको छ ।

सैन्य गुप्तचर सम्बन्धी पहिलो भू–उपग्रह स्थापना गर्ने उत्तर कोरियाको प्रयास प्रविधिक समस्याले असफल बन्यो । बुधबार बिहानै गरिएको भू–उपग्रह प्रक्षेपण रकेटको इन्जन र फ्युल सिस्टममा समस्या आएपछि असफल भएको छ । तर उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन एनएडीएले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ ।

रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ । प्योङयाङको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चिएको थियो भने जापानको दक्षिणी ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो ।

सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे । आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । उत्तर कोरियाको सत्तारुढ दलको केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष री प्योङ चोलले उक्त प्रक्षेपणको योजना घोषणा गर्दै त्यो अमेरिका र दक्षिण कोरियाको लापरबाहीपूर्ण सैनिक गतिविधिको परिणाम भएको बताएका थिए । उनले ती देशहरूले खुलेआम रूपमा अतिक्रमणको महत्त्वाकाङ्क्क्षी देखाइरहेको आरोप लगाए ।

प्रक्षेपणअघि अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाबाट हुने कुनै पनि बलिस्टिक क्षेप्यास्त्र प्रविधिको प्रक्षेपणले राष्ट्र सङ्घको सुरक्षा परिषद्का कैयौँ प्रस्तावहरू उल्लङ्घन गर्ने बताए । दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि यसै हप्ताको सुरुमा त्यस्तो प्रक्षेपणको निन्दा गरेको थियो । यदि उत्तर कोरियाले प्रक्षेपणलाई अघि बढाउने निर्णय ग¥यो भने उसले त्यसको मूल्य चुकाउनुपर्नेछ र पीडा खेप्नुपर्नेछ ।

उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भूउपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधार ठानेको छ । अहिलेको भूउपग्रह अभियान सफल नभए पनि उनले अन्तरिक्ष सामर्थ्यबारे राजनीतिक प्रचारबाजी सिर्जना गर्ने उनको भनाइ छ ।