काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड ४ दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । दिल्ली पुगेका प्रचण्डले आज नै विदेश सचिव र सल्लाहाकारसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत पुगेका छन् ।प्रचण्ड नेतृत्वको टोली दिउँसो १ः२५ मा राष्ट्रिय ध्वजाबाहव नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत पुगेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायतका सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि र डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका साथै मन्त्रीहरू प्रधानमन्त्रीलाई बिदाई गर्न विमानस्थलसम्म पुगेका थिए भने नेपाली सेनाका टुकडीले सलामी अर्पण दिएका थिए ।
सदन, नेपाली जनता र राष्ट्रपतिलाई पनि जानकारी गराएर भारत भ्रमणमा लागेका प्रचण्डले उपहार स्वरुप नागरिक विधेयक प्रमाणीकरण पनि सँगसँगै लिएर गए । भारत जानु अघि राष्ट्रपतिलाई भेटेका उनले आफु उड्नु अघि नै हतार हतार राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण गराउन भ्याए । तामझामका साथ भारत भ्रमणमा लागेका प्रधानमन्त्री दाहालको स्वागतमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीसहित मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए । उच्च महत्वाकांक्षाका साथ ऐतिहारिक रेकर्ड राख्ने भनेर भारत हानिएका प्रचण्डमाथि आशाभन्दा आशंकाका पाटाहरु बढी छन् । प्रचण्डको भारत भ्रमणले राष्ट्रिय हितमा कुनै क्षती नगरे मात्रै पनि त्यसलाई ठूलो सफलता मान्नु पर्ने पूर्व पराराष्ट्रमन्त्री बताउँछन् ।
दरो मुटु लिएर खुट्टा नकमाई सीमा समस्याको समेत सुरक्षा गर्छु भनेका प्रचण्डको भ्रमण एजेण्डा केन्द्रीत नभएका आरोप लागिरहेको छ । यसअघिका भ्रमणमा भारतले सधै आफ्नो स्वार्थ सिद्धलाई नै प्राथमिकतामा राख्दै नेपाललाई विभिन्न ललिपपमा भुलाउने गरेको छ । यसपटक पनि प्रचण्ड त्यस्तै ललिपपमा लोभिने लोभिने विज्ञको दावी छ
निकै आशावादी भएर भारत भ्रमणमा रहेको प्रचण्डले आज नै आफू बसेको सरदार पटेल मार्गमा रहेको होटल मौर्यमाभारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका छन् । शिष्टाचार भेटघाट आज नै भए पनि समकक्षी लगायत अन्य विशिष्ट व्यक्तिहरुसँगको औपचारिक भेटघाट भने बिहीबार मात्रै हुने छ ।
प्रतिक्रिया