Breaking

हाकाहाकी ढाँट्ने काम नगरौँ, ठूलो मूल्य चुकाउनुपर्ला : महावीर


काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर  पुनले सरकारले ल्याएको बजेटमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषका लागि छुट्टाइएको बजेट आफूसँग भएको सम्झौताविपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

गत वैशाख १८ गते सरकार र महावीरबीच आविष्कार कोषका लागि पूँजीगत बजेटको एक प्रतिशत छुट्टाउनुपर्ने सहमति भएको थियो । तर सोमबार ल्याएको बजेटमा सरकारले उक्त क्षेत्रमा १ अर्ब रूपैयाँ मात्रै छुट्टाइएको भन्दै असन्तुष्टि जनाएका हुन्। कुल पुँजीगततर्फको बजेटको १ प्रतिशत २ अर्ब २ करोड ७० लाख हुने उनले बताएका छन् ।

‘बजेटमा छुट्टाइएको पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँको १ प्रतिशत भनेको ३ अर्ब २ करोड ७० लाख हुन्छ। कसरी १ अर्ब रुपैयाँ निकालियोरुु उनले भनेका छन्, ‘यसरी हाँकाहाँकी ढाँट्ने काम नगरौँ । सरकार धेरै बाठो नभए हुन्छ ।’

उनले कुनै पनि नेता, सरकार, अभियन्ता र समाजसेवीले गरेको बाचालाई पूरा नगर्नु वा बङ्ग्याउनु भनेको आफैलाई खाल्टो खन्नु जस्तो भएको बताउँदै गल्ती सच्चाउन अनुरोध गरेका छन् । अन्यथा ठूलो मूल्य चुकाउनपर्ने चेतावनी सरकारलाई उनले दिएका छन् । ‘गल्ती सच्याउनु होस् वा खाल्टोमा पुरिनुहोस्,’ उनले भनेका छन्, ‘ठूलो मूल्य चुकाउनुपर्ला, हिसाब सच्चाउँ ।’