Breaking

टेकु अस्पताललाई ३०० शय्यामा विस्तार गरिने


काठमाडौँ — सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग ९टेकु० अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले टेकु अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।

यद्यपि, मन्त्री महतले टेकु अस्पताल विस्तार पुरानै कार्यक्रमलाई निरन्तरता दिएका हुन् । त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए । सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।