Breaking

२० वटा संस्थान खारेज, अत्यावश्यक बाहेक वैदेशिक भ्रमणमा रोक


काठमाडौँ — सरकारले आउदो आर्थीक वर्ष २०८०/८१ मा २० वटा संस्थान खारेज गर्ने भएको छ । संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा बोर्ड तथा समिति खारेज गरेको बताएका हुन् । मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ । यस्तै विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए ।

नयाँ गाडी नकिन्ने, अत्यावश्यक बाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्च बापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यक बाहेक वैदेशिक भ्रमणमा रोक लगाउने लगायतका व्यवस्था गरिने अर्थमन्त्री महतले जानकारी दिए ।