Breaking

योहो टेलिभिजन एचडी छैटौँ वर्षमा प्रवेश


काठमाडौँ – योहो टेलिभिजन ‘एचडी’ पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा योहो टेलिभिजनको प्रसारण आरम्भ भएको थियो ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएको भन्दै दर्शक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले योहो टेलिभिजनले पत्रकारिताको मुल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक देखाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

‘भ्रष्टाचार र अनियमिताविरुद्ध हामीले बितेको वर्षमा खबरदारी गरेका छौँ’, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘यस वर्षपनि खबरदारी जारी रहने छ । संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नु हुनेछ ।’
पाँचौँ वर्ष प्रवेशको अवसरमा टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो पार्न भूमिका खेल्ने उहाँको भनाइ छ ।

पढ्न, हेर्न र सुन्न सकिने योहो टेलिभिनज, योहो खबर डटकमले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर इमान्दार प्रयासबाट टेलिभिजन, अनलाइन मिडियाहरुको भिडमा आफूलाई फरक देखाउने प्रयास गरेको छ ।

यस अवधिमा दैनिक बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म समाचार बुलेटिन, समसामयिक विषयबस्तुमा ‘टक शो’ नियमित प्रसारण हुँदै आएको छ । अनलाइन समाचारमा पनि भिडियोलाई प्राथमिकता दिइएको छ ।

फेसबुक लाइभ र युट्युबमा पनि दर्शक, स्रोताको संख्या बढ्दै गएको छ । विभिन्न माध्यमबाट प्राप्त सुझावलाई आगामी दिनमा व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदछौँ ।