Breaking

रेशम चौधरी रिहा हुँदै, नेता-कार्यकर्ता बिहानै पुगे डिल्लीबजार कारागार


काठमाडौँ – टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज रिहा हुँदै छन् ।

काठमाडौँस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलबाट छुट्ने भएका हुन् ।

उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन्। अध्यक्ष रञ्जिता रेशकी पत्नीसमेत हुन् ।

उनलाई अहिले बिहान ८ बजे रिहा गर्ने तयारी रहेको बताइएको छ । थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए।