Breaking

आज बजेट सार्वजनिक हुँदै


काठमाडौँ — आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले आज जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएको हो ।

आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै छन् ।

जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन् । यी विधयेकको सारांश र महत्त्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ ।

आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ । आगामाी आर्थिक वर्षका लागि बजेट निर्माण भएको हो। तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ ।

करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन् । २४ घण्टाका लागि नाका बन्द गरिएको हो । जसअनुसार आज राति १२ बजेसम्म नाका बन्द रहन्छन् ।