Breaking

भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग प्रधानमन्त्रीको छलफल


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

उनले त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिएका थिए । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताए । विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ ।