काठमाडौँ– टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको हो । बोहराले दिएको रिटमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ । सरकारले सोमबार गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । पीडित बोहराले यसअघि राष्ट्रपति कार्यालयमा चौधरीलाई आममाफी नदिन निवेदन दिनुभएको छ ।
Breaking
प्रतिक्रिया