Breaking

कोशी प्रदेश: पहिचानवादी र प्रहरीबीच झडप, तीन दर्जन बढी नियन्त्रणमा


काठमाडौँ– कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको छ । विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो । प्रदेशसभा भवन अगाडि प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ भने लाठी चार्ज भने भएको छैन । झडपको अवस्थालाई मध्यनजर गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ । प्रर्दशनमा उक्रिएका तीन दर्जन भन्दा बढीलाई जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।